NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा दशमी - २५

नागरिक वडा पत्र

सङ्घीय सरकारमार्फत नमूना माध्यमिक विद्यालय विकास कार्यक्रमसञ्चालननभएका ५८ स्थानीय तह मध्ये आ.ब. २०७९/०८० मा १२ जिल्ला (पाँचथर जिल्ला बाहेक) का १३ ओटा विद्यालय छनौट गरी (धनकुटाका सवै स्थानीय तहमा सङ्घीय अनुदानबाट नमूना विद्यालय विकास भइ सकेका) सम्बन्धित स्थानीय तहबाट २५% रकम साझेदारी हुने गरी विद्यालयले तयार गरी स्थानीय तहबाट स्वीकृत भएको गुरूयोजनाबमोजिम कार्य सम्पादन गर्न रु. ४२ लाख ५० हजारका दरले र आ.व. २०८०/०८१ का लागि रू. ३५ लाख रूपैयाका दरले सम्बन्धित स्थानीय तहमा बित्तीय हस्तान्तरण भइ कार्यक्रम सञ्चालन भएको छ ।यस आ.व. २०८१/०८२ का लागि स्थानीय तहबाट स्वीकृत गुरूयोजनाअनुसार निर्धारित कार्यक्रम कार्यान्वयन गर्ने गरी सम्बन्धित स्थानीय तहमा प्रति विद्यालय २५ लाखका दरले वित्तीय हस्तान्तरण भई गएको छ । सो कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयबाट नमूना विद्यालय सञ्चालन कार्यविधि, २०७९ स्वीकृत समेत गरी सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको छ