उद्देश्य

हाम्रो उद्देश्य

  • विद्यालय शिक्षालाई  सर्वसुलभ बनाउने ।
  • रोजगारमुखी दक्षता र सक्षमतामा आधारित व्यावसायिक शिक्षा र तालिमको  विकास गर्ने ।
  • माध्यमिक तह सम्म निशुल्क शिक्षाको प्रत्याभूतिका लागि संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्ने ।
  • विद्यालय शिक्षाको गुणस्तरलाई समय सापेक्षित बनाउने ।
  • प्रदेश भित्रका शैक्षिक संस्थाहरुको नियमनकारी निकायको रुपमा कार्य गर्ने ।
  • मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरुको संस्थागत क्षमता विकास, योजना तर्जुमा एवं कार्यान्वयनमा प्राविधिक सहजिकरण गर्ने ।
  • माध्यमिक तहको परीक्षा संचालन र व्यवस्थापन गर्ने
  • सबैका लागि खेलकुदको अवधारणालाई मूर्तरुप दिन प्रदेशस्तरमा खेलकुदको संरक्षण सम्बर्दन गर्दै पर्यटकीय,पर्वतीय, परम्परागत तथा साहसिक प्रतियोगिताहरुलाइ प्रबर्धन गर्ने ।
  • भाषा लिपि संस्कृति ललितकला र धर्मको संरक्षण र सम्बर्दन गर्ने नीति ,कानुन  मापदण्ड तथा योजनाको तर्जुमा गरी राष्ट्रिय र प्रादेशिक निकाय तथा संघसंस्थासँग सम्पर्क, समन्वय र सहकार्य गर्नेतर्फ जोड दिने ।
  • पूरातात्विक महत्वका स्थल स्मारक संग्रहालय,अभिलेखालयहरुको संरक्षण, संभार अध्ययन,  अनुसन्धान, उत्खनन तथा पुननिर्माण गर्ने कार्यलाई जोड दिने ।
  • रोजगार प्रवर्दन , श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तर्जुमा गरी श्रमशक्ति, श्रमबजार  सम्बन्धी अध्ययन अनुसन्धान र श्रमशक्ति योजना निर्माण गरी श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण गर्ने कार्य गर्ने ।
  • अध्ययन अनुसन्धानका नवीनतम पद्दतिको उपयोगमा जोड दिने ।
  • महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिला र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई  आर्थिक, सामाजिक ,विकासमा सशक्तिकरण गर्दै संरक्षण गर्ने ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय.कोशी प्रदेश, नेपाल.