शिक्षा, युवाखेलकुद, कला, साहित्य, भाषा, धर्म एवं संस्कृति , महिला तथा बालबालिका , श्रम र रोजगारको प्रबर्धन एवं विकासबाट मानवीय तथा सामाजिक जीवनस्तरमा परिवर्तन ल्याउने ।
लक्ष्य तथा ध्येय
विद्यालय शिक्षामा निशुल्क पँहुच, रोजगारमुखी सीप र दक्षतामा आधारित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रवर्दन तथा विस्तार गर्दै ज्ञानमा आधारित समाजको निर्माण गर्ने ।
उच्च तथा प्राविधिक शिक्षाको अवसर वृद्धि गर्ने ।
अवसरबाट बञ्चित भएका र पछाडि परेका महिला तथा बालबालिका जेष्ठ नागरिक एवम् र अपाङ्गता भएका तथा लैङ्गिक अल्पसङ्ख्याक व्यत्तिहरुलाइ शशक्तिकरण गर्दै विकासको मूल प्रवाहमा ल्याउने।
सबैका लागि खेलकुदको अबधारणा अनुरुप खेलकुदमा पूर्वधिकार विकास, प्रतिस्पर्धात्मक भावनाको विकास गरी नगरिकलाई अनुशासित र मर्यादित बनाउने ।
विभिन्न जातजाति भाषा धर्म कला र संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने ।
प्रदेशमा रोजगारी प्रवर्धन गरी जीवन स्तरमा सुधार ल्याउन रोजगारको खोजीमा रहेका नागरिक, रोजगार दाता र रोजगार प्रदायक निकायसँग समन्वय गर्ने ।